झापा । 

प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बेचबिखनमा संलग्न रहेका झापाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नम्बर १ का ३० बर्षिय दिपेन भन्ने विपिन चेम्जोङ रहेका छन् । 

गते असोज ८ गते शिवसताक्षी–११ दुधे बजार स्थित रहेको साकिरा यातायात प्रालि बस काउण्टरबाट चामलको बोरा भित्र लुकाई छिपाई राखेको ९ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर काठमाडांै पठाउन लाग्दा पक्राउ परेका प्रतिवादीहरुको वयानको आधारमा ब्राउन सुगर खरिद गर्न चेम्जोङले पैसा पठाई दिएको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

काठमाडौमा उनलाई नै पैसा पठाउन लागेको भन्ने खुलेपछि चेम्जोङको नाममा झापा जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति लिएर अनुसन्धान भई रहेको अवस्थामा बुधवार इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौंबाट गत असार २७ गते लागूऔषध सम्बन्धि कसुरमा मुद्दा दर्ता भई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको सिआरएस रेकर्डबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।