मोरङ ।
मोरङ छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फैसला कार्यान्वयनको लागि परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०८०/०५/१५ गतेको फैसला आदेश अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका–७ का दिलकुमार तामाङ र २० बर्षिय बिनोद धिमाल रहेका छन् ।
त्यस्तै बैङकिङ कसुर मुद्धामा उच्च अदालत बिराटनगरको मिति २०७८/११/०३ गतेको फैसलाले दिन ५ कैद र नगद ७ लाख १५ हजार जरिवाना भई फरार रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ३३ बर्षिय मदन पौडेललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।