सुनसरी । 

सुनसरीको दुहबी ननरपालिका–३ सोनापुर स्थितमा रहेको premium organic बिअर फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ ।

हिजो राति साढे ५ बजे स्थानिय १८ बर्षिय प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटना स्थलमै मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाइएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।