बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघले ब्यवसायीलाई नयाँ दर्ता र नविकरण गर्न आग्रह गरेको छ । । संघका महासचिव अर्जुन मैनालीले आगामी फागुन १४ गते हुने निर्वाचनमा सहभागीताका लागि नयाँ ब्यवसायीलाई दर्ता गर्न र पुराना ब्यवसायीलाई आ–आफ्नो ब्यवसाय नबिकरण गर्न आग्रह गरेका हुन् ।
उनले आगामी मसीर १३ गते सम्ममा नयाँ व्यवसाय दर्ता गर्न सकिने र माघ २३ गते सम्ममा नबिकरण गरि सक्नुपर्ने भएकाले ब्यवसायीलाई जानकारी गराएका हुन् ।
नगरपालिकाको व्यवसायिक प्रमाणपत्र नलिएका मतदाता सूचिबाट निर्वाचित व्यवसायिक संघ संस्थाको कार्यसमितिलाई नगरपालिकाले मान्यता नदिने ऐनमा स्पष्ट भएकाले पनि संघले नयाँ दर्ता र नविकरणलाई प्राथमिकता दिएको हो ।
साधारणसभा सम्पन्न गरेको संघको निर्वाचन नजिकिएसँगै नयाँ नेतृत्वका लागि बजारमा हल्ला शुरु भएको छ । नयाँ नेतृत्वका लागि संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र महासचिव अर्जुन मैनालीको बजारमा चर्चा रहेको छ । त्यस्तै बजारमा अध्यक्ष प्रकाश शिवाकोटीले पनि दोर्याउन सक्ने हल्ला चलिरहेको छ । महासचिव मैनालीले आफुले नेतृत्व पाए संघमा केहीन केही नयाँ कार्य गरेर देखाउने दावी गरेका छन् ।