बिराटनगर।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा मोरङको बिराटनगर महानगरपालिका–१० मा रहेको मानवसेवा आश्रममा आस्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यमा बुधवार (आज) भएको न्यानो कपडा बितरण कार्यक्रममा आश्रममा रहेका ६० जना महिला तथा  बृद्धाहरु र १० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।

संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले जाडो मौषमलाई लक्षित गरी आश्रममा आस्रित परिवारलाई न्यानो कपडा बितरण गरेकी हुन् । उक्त कार्यक्रममा अध्यक्ष बास्तोलाले आस्रित महिलाहरुसँग मनोभावना समेत साटासाट गरेकी थिइन् । सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानव सेवा सम्वन्धि बिभिन्न परोपकारी कार्यहरु निरन्तररुपमा संचालन गर्दै आईरहेको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीका साथै नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।