सुनसरी ।

सुनसरीको दुहवी नगरपालिका–८ बाट लागूऔषध गाँजासहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका–७ धनकुटाका २१ बर्षीय अनिश तामाङ रहेका छन् ।

तामाङले चलाएको प्रदेश १–०२–०४२ प ३७५४ नम्वरको मोटरसाईकलमा रहेको झोलाबाट इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले ३१ किलोग्राम गाँजा बरामद गरेको हो ।  

दुहबी–८ स्थित कोशी लोकमार्गमा को १ह ८४७८ नम्वरको सिटी सफारी र प्रदेश १–०२–०४२ प ३७५४ नम्वरको मोटरसाईकल ठक्कर लागेर दुर्घटना हुदाँ मोटरसाईकल चालक तामाङसहित सिटी सफारी चालक तथा सिटीमा सवार २ जना मानिस समेत घाईते भएकोमा तत्काल इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि स्थानिय जीवनज्योती स्वास्थ्य सेवा प्रालिमा लागि उपचार गराएको थियो । 

दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिने क्रममा मोटरसाईकलमा रहेको कालो रंगको भिर्ने झोला र ३ वटा जेब्रा झोलामा ३१ किलोग्राम लागूऔषध औषध गाँजा फेला परेको हो ।

मोटरसाईकलमा रहेको झोलाबाट गाँजा बरामद भएसँगै उपचार पश्चात तामाङलाई नियन्त्रणमा लिएर सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।