बिर्तामोड।
झापाको पुराना व्यवसायिक प्रतिष्ठान रामप्रसाद पवनकुमारका संचालक राजकुमार अग्रवाल 'भद्रपुरे'को ७२ वर्षको उमेरमा आज कार्तिक १९ गते , स्थानिय बि एण्ड सी हस्पिटलमा उपचारको क्रममा निधन भएको छ।
झापा उद्योग बाणिज्य संघ, झापा को अध्यक्ष , भद्रपुर गौशालामा सचिव लगायत अन्य सामाजिक, शैक्षिक संघ संस्थाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका अग्रवालको रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको थियो। अग्रवालका ४ छोरा छन् ।
अग्रवालका दाजु भाईहरु र भतिजाहरु समेत गरी २९ नाती नातिना र पनातिहरु रहेका छन।