झापा । 

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको भाई टीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले यसवर्षको तिहारको भाईटीको उत्तम साइत सार्वजनिक गरेको हो ।   

समिति एक विज्ञप्ति जारी गर्दै यसबर्षको भाइटीकाको शुभ साइत आगामी कात्तिक २९ गते बिहान १०ः५१ बजे परेको जानकारी दिएको हो । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीहरुले दाजुभाइलाई टीका, माला लगाइदिएर स्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्दछन् ।

साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म पनि दिदिबहिीको हातबाट टीका लगाउने गरिन्छ ।