बिर्तामोड।
एबिसी नेपाल झापाको संयोजनमा बिर्तामोडमा अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा एबिसीकी केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसाबाट अझैपनि महिलाहरु मुक्त हुन नसकेको बताएकी छन् ।
अध्यक्ष कार्कीले घरभित्र हुने हिंसा अझै पनि खुलेर बाहिर आउन नसकेको बताउँदै त्यस्ता समस्यालाई पनि उजागर गर्नुपर्ने बताइन् ।
संस्थाले सञ्चालन गर्दै आएका गतिविधि र भावी योजनाबारे जानकारी दिंदै अध्यक्ष कार्कीले संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाइरहेको जानकारी दिइन् । साथै जिल्ला शाखालाई सिमा क्षेत्र, कारागारलगायतका विभिन्न चारवटा क्षेत्रमा अल्पकालीन काम गर्न सकिने बताउँदै अल्पकालीन कार्यक्रमको प्रस्ताव ल्याउन सुझाइन् ।
केन्द्रीय टोलीले आजै संस्थाका झापा शाखाको अनुगमन गर्नुका साथै काँकरभिट्टा सिमाना र भद्रपुर नाकामा मानव बेचविखन तथा ओसारपसार र निगरानीबारे समेत जानकारी लिदै अवलोकन गरेको छ ।