बिर्तामोड । 

औषधी व्यवसायी बासु दुलालले आफ्नो जन्मोत्सव विपन्न परिवारसँग मनाएका छन् । उनले बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मण्डाबारीका चार विपन्न परिवारका सदस्यलाई सहयोग गरेर जन्मोत्सव मनाएका छन् ।

झापा बिर्तामोड – ४ का दुलालले स्थानीय चार परिवारलाई खाद्यन्य सहयोग गर्दै आफ्नो जन्मोत्सव मनाएका हुन् । जन्मदिनको अवसर पारेर होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्च कटाएर दीन दुःखीलाई सहयोग गरेर समाजमा उदाहरणीय कार्यको थालनी गर्दै आफ्नो ४५ औं जन्मोत्सव मनाएका हुन् ।

basu g

दुलालले बिर्तामोड–४ स्थित मण्डाबारीका पम्फा राजवंशी, भीम सोरेन, लुखी टुडु र वड्की सोरेनको परिवारलाई खाद्यन्य अन्तरगत एक महिनालाई पुग्ने चामल, तेल र दाल प्रदान गरेका छन् । 

सोही अवसरमा कात्तिक १९ गते आजै जन्मदिन परेकी बालिका मेरी सोरेनको समेत जन्मोत्सव मनाएका हुन् । मेरीलाई कपडा प्रदान गर्दै केक काटेर खुवाएर उनले आफ्नो भन्दापनि उनको जन्मोत्सवलाई विशेष बनाएका थिए  ।

दुलालले होटल तथा रेष्टुरेन्ट गरिने फजुल खर्चलाई कम गर्दै समाजमा रहेका अति विपन्न, विपन्न समुदाय तथा दीनदुःखीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले अरुलाई पनि जन्मदिन विपन्न परिवारको घरमा पुगेर सहयोग गर्दै मनाउन आग्रह गरेका छन् । कार्यक्रममा दुलालकी जीवन संगिनी तारा दुलाल, स्थानीय गोपी अधिकारी, धनसिंह राजवंशीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।