अर्जुनधारा । 

देवभूमी बिध्यापिठ इङ्ग्लिस बोडिङ स्कुलका बिद्यार्थीहरुले ‘रोबो र कलिनरी फेष्ट २०८०’ प्रदर्शन गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ मा रहेको बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले शुक्रवार (आज) बिद्यालय परिसरमा आफुले तयारका खानाका परिकार र रोबोट प्रदर्शन गरेका हुन् । 

बिद्यार्थीलाई सिकाईसँगै आर्थिकपार्जनमा ज्ञान दिएर जोड्ने उदेश्यले बिद्यालयले ‘रोबो र कलिनरी फेष्ट २०८० कार्यक्रम आयोजना गरेको देवभूमी बिध्यापिठ इङ्ग्लिस बोडिङ स्कुल संस्थापक सुमन शर्मा जमरकट्टेलले जानकारी दिए । 

स्टार रोबोर्टको प्राविधिक सहयोगमा रोबो र इकोम कलेजको सहयोगमा बलिनरी फेष्ट आयोजना गरिएको बिद्यालयका संस्थापक सुमनले बताए । बिद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका बिद्यार्थीहरुले तयार गरेका बिभिन्न रोबो प्रदर्शन गरेका थिए भने कक्षा ५ देखि १० का बिद्यार्थीले बिभिन्न २० प्रकारका खानाका परिकार तयार गरेर प्रदर्शन गरेका थिए । 

devbhumi

बिद्यार्थीहरुले रोबो अन्तरगत रिमोर्ट कन्ट्रोल कार, डिजिटल डिस्टेन्स मिटर, स्मार्ट कार, जेसीबि, प्लानेट, भल्क्यानो मोडललगायतका सामाग्री प्रदर्शन गरेका थिए । त्यस्तै खानाका परिकारमा सेलरोटी, पुरीशब्जी, मख्नी पनिर, गाजीमुरी, जुस, नरिवलको लड्डु, रसवरी, चटपटे प्रर्दशनसहित उपस्थित अभिभावक, अतिथि, शिक्षकहरुलाई खुवाएका पनि थिए । 

उक्त फेस्टिवलको उद्घाटन अर्जुनधारा नगर प्याब्सन अध्यक्ष रुद्रप्रसाद सिटौलालले गरेका थिए । बिद्यालयका संस्थापक सुमनको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश पनि उनैले पारेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक समिर नेपालले गरेका थिए । कार्यक्रममा प्याब्सन झापा उपाध्यक्ष टीकाराम गौतम, प्याब्सन अर्जुनधारा नगर कोषाध्यक्ष राजन वाग्लेलगायतको आतिथ्य रहेको थियो ।