झापा।

नेकपा (माओवादी केन्द्र) ले पार्टीको अभियान अन्तरगत हुने कार्यक्रमलाई भ्रामक टिकाटिप्पणी नगर्न आग्रह गरेको छ । आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी महासचिव देवप्रसाद गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै  ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट पारेका छन् ।

उनले अभियानका कार्यक्रमलाई गलत तरिकाले ब्याख्य नगर्न आग्रह गरेका छन् । विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।