हल्दिबारी ।

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ स्थित कन्चनश्री बजार र मोती आधारभूत बिद्यालय परिसरमा सरसफाई गरिएको छ । हल्दिबारी वडा नम्बर ५ कार्यालयको आयोजना तथा सहारा नेपालको सहयोगमा बुधवार (आज) कन्चनश्री बजार क्षेत्र र मोती आधारभूत बिद्यालय सरसफाई गरिएको हो । 

हल्दिबारी वडा नम्बर ५ का वडाध्यक्ष खड्गबहादुर लावतीको नेतृत्वमा बजार तथा बिद्यालय सरसफाई गरिएको वडासचिव भजन संग्रौलाले जानकारी दिए । ‘आफ्नो ठाउँ आफै सरसफाई गरौं’ भन्ने नाराका साथ बजार तथा बिद्यालय सरसफाई गरिएको वडाध्यक्ष लावतीले बताए । 

सरसफाई कार्यक्रममा वडा नम्बर ५ का जनप्रतिनिधि, सहारा नेपाल, स्थानीयबासी, आधारभूत स्वास्थ्य केन्द्र, कन्चनश्री बजार ब्यवस्थापन समिति, बिद्यार्थीलगायतको सहभागीता रहेको थियो ।  

बजार तथा बिद्यालय सरसफाईपछिको भेलाले महिनामा २ पटक वडाका बिभिन्न स्थानमा सरसफाई गर्ने उदेश्यले हल्दिबारी–५ वडास्तरीय सरसफाई समितिसमेत गठन भएको छ । वडाध्यक्ष लावतीको संयोजकत्वमा ११ सदस्यीय वडास्तरीय सरसफाई समिति गठन भएको हो । समितिको सचिवमा वडासचिव भजन संगौला रहेका छन् ।

त्यस्तै सदस्यमा वडा सदस्य बिजय फागो, जीवन कन्दङ्वा, शिवमाया मगर, सुश्मा मोहरा, सहारा नेपालकी मनिका खड्का, मोती आधारभूत बिद्यालयका प्रधानाध्यापक केदारप्रसाद सुवेदी, आधारभूत स्वास्थ्य केन्द्रकी गिता सुवेदीलगायत ११ सदस्यीय समिति चयन भएको वडासचिव संग्रौलाले जानकारी दिए ।