झापा ।
झापा जिल्लाको मेचिनगर नगरपालिका-५ स्थित राजवंशी टोलबाट अवैध भन्सार छलीका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार हिजो राती ८ बजे ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर ११७ पिस र फुल भेष्ट १४ पिस बरामद गरेको हो ।
बरामद भएका करिव ४ लाख ५० हजार मुल्य बरावरको रेडिमेड कपडाहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको छ ।
फाइल तस्बिर