विराटनगर ।

मोरङको विराटनगर–६ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा मंगलबार बिहान ११ बजे विराटनगर–६ शनि मन्दिर स्थितबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा अवैध रुपमा बोकी ल्याउँदै गरेको रुपैयाँसहित पक्राउ गरिएको हो । 

स्रोत नखुलेको नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजारसहित पक्राउ गरेको हो ।  स्रोत नखुलेको रकम नेपाली रुपैयाँ १००० दरको १६८७ थान र ५०० दरको १००० थानसहित पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान–१, रन्जितकुमार साहको नाममा रहेको एनआइसी एशिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान–१, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।