पाटापुर ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ मा मदन भण्डारी राजमार्ग पाटापुर बस पार्क निर्माण समिति गठन भएको छ । मेचीनगर–१ स्थित पाटापुरमा मंगलबार (आज) भएको भेलाले समितिको अध्यक्षमा पदमबहादुर पुरी (प्रकाश) लाई चयन गरेको छ । समितिका अध्यक्ष ओम पुरीको अध्यक्षतामा भएको भेलाको छलफलले सर्वसम्मत् रुपमा पुरीलाई अध्यक्षमा चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा खड्गमाया राई, सचिव लीलाप्रसाद न्यौपाने, सह–सचिव महेन्द्र मल्ल र कोषाध्यक्षमा डिकेन्द्र थापालाई चयन गरेको छ । त्यस्तै सदस्यमा सुमित्रा राना, उमावती तामाङ, श्याम लामा, हेमबहादुर हुमागाई, रमेश खतिवडा, मेघनाथ गुरागाई, अमृत पुरी, बालुराम गुरागाई, मन्जिल देवान, चन्द्रकुमार बोहारा, सोनाम लामा र बिष्णु राई चयन भएका छन् ।
भेलाले बृरस्पति खतिवडा, ओमनाथपुरी, मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राईलगायत रहेको ९ सदस्यीय सल्लाहकार समिति चयन भएको छ । मेचीनगर १ वडा सदस्य शान्ताप्रसाद न्यौपानेको संयोजकत्वमा जग्गा संकलन ९ सदस्य समिति निर्माण भएको अध्यक्ष पुरीले जानकारी दिए ।
सोही अवसरमा सर्वसम्मत अध्यक्षमा चयन भएका पुरीले बसपार्क निर्माणका लागि २ करोड रुपैयाँ मूल्य बराबरको १० कठ्ठा जग्गासमेत प्रदान गरेको जनाइएको छ । अध्यक्ष सर्वसम्मत चयन भएका पुरी नेपाल दशनामी समाज कोशी प्रदेशका अध्यक्षसमेत हुन् ।