चारपाने ।
एकका लागि एक अभियानले अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत, सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
सहारा नेपाल साकोसको मुख्य कार्यालय बिर्तामोड–२ चारपोनमा मंगलबार(आज) भएको कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानासहित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष ढुङ्गाना, संरक्षक दिनेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, नेपाल चेम्वर्स अफ कमर्स कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अभियानका संयोजक गिरीले एकका लागि एक अभियान सामाजिक संस्था भएकाले समाजलाई अभियानसँग जोडिएर कार्य गर्न आग्रहसमेत गरेका छन् । उनले अभियानले पनि बिपद् व्यवस्थान कार्य गरिरहेको र समाजले पनि सोही कार्यक्रम गरेकाले अभियानमै जोडिएर कार्य सम्पादन गर्न अझ सहज हुने बताए ।
समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले पनि अभियानसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।अभियानका सह–संयोजक तथा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।