मोरङ।

मोरङको बेलबारी नगरपालिकास्थित भलुवाईमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आइतबार बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका–१० की २८ बर्षिया सुनिता राजबंशी घाइते भएकी थिइन् ।

माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनीसँगै माटो खोज्न गएकी गिता राजबंशीले सुनिता राजबंशीको उद्दार गरेकी थिइन् ।

गम्भिर भाईते भएकी राजबंशीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउना साथ डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।