झापा।

झापाको दमक नगरपालिका–३ बेलडाँगीबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बाघखोर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका–५ का २२ बर्षीय प्रदिप लिम्वु र ३१ बर्षीय राजु दर्नाललाई ३ ग्राम खैरो हेरोइनसहित शुक्रबार  नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुबैजनाको सम्बन्धमा  ईलाका  प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।