झापा । 

आश्विन शुक्ल पक्षको त्रयोदशी, बडादशैँको टीका लगाउने क्रम निरन्तर रहेको छ  । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद स्वरुप टीका लगाउने र आशिर्वाद लिने क्रम निरन्तर चलिरहेको छ । सोही क्रममा (आज) शुक्रबार पनि बाहिरी आफन्तजनबाट टीका लगाउने क्रम निरन्तर जारी रहेको छ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने र भवानीको प्रसाद स्वरुप टीका र आशिर्वाद थाप्ने क्रम जारी छ । 

टाढा रहेका आफन्तजन, बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन अनुसार टीका लगाइने क्रममा जारी छ ।  यो क्रम पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।