झापा।
आज बडादशैं टीकाको तेस्रो दिन पनि नवदुर्गाको प्रसाद स्वरूप मान्यजनबाट टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी छ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि आ–आफ्नो मान्यजनकहाँ गएर टीका थाप्ने र आशीर्वाद लिनेको चहल–पहल जारी नै रहेको छ ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि शुरु भएको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहने चलन छ ।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।