मेचीनगर ।

 मेचीनगर नगरपालिकामा सर्वपक्षीय बैठक भएको छ ।नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर बिहीवार (आज) भएको सर्वपक्षीय बैठकमा आम जनतासँग जोडिएका बिषय बस्तुमा छलफल केन्द्रीत रहेको थियो । 

मेचीनगरका क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको सर्वपक्षीय बैठकमा आसन्न चाडपर्वको अवसरमा नागरिकले सुशासनको प्रत्याभूति हुने गरी कार्य गर्न सबै सरोकारवाला निकाय लाग्नु पर्नेमा ज‍ोड दिइएको छ ।

साथै बैठकमा स्थानीय सरकारले गरेको सकरात्मक कार्यको चर्चा तथा सुधार गर्नुपर्ने बिषयमा गम्भीर हुनुपर्ने साझा धारणा राखिएको थियो ।