बिर्तामोड ।

झापाको बिर्तामोड  ४ मा रहेको तारा नमस्ते बाल ग्रामका वालवालिकालाई विजया दशमीको अवसर पारेर सहयोग प्रदान गरिएको छ ।

एल डी सेराजेम हेल्थ केयर सेन्टर प्रालिले तारा नमस्ते बाल ग्राममा रहेका २२ जना बालवालिकाका लागि खाद्यन्य सहयोग गरेको हो । सबै बालवालिकालाई  दशैभरि पुग्ने गरी खाद्यन्य सहयोग गरिएको हेल्थ केयर सेन्टर प्रालिकि सञ्चालक लक्ष्मी दाहालले बताइन् । उनले खाद्यन्यसहित नगद ६ हजार रुपैयाँ समेत प्रदान गरेकी छन् ।

bal gram

विजया दशमीमा सबैले मिठो मसिनु खाने प्रचलन रहेको र वालग्राममा आश्रित वालवालिकालाई दशै मनाउन सहज होस् भन्दै खाद्यन्यसहित आर्थिक सहयोग गरिएको सञ्चालक दाहालको जानकारी दिइन्  ।

तारा नमस्ते बालग्रामका संस्थापक अध्यक्ष नारायण पोखरेल र सञ्चालक यशोदा चापागाईलाई सहयोग सामग्री प्रदान गरिएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा स्वागत भरत संग्रौलाले गरेका थिए भने सञ्चालन डम्बर विक्रम केसी काफ्लेले गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी राजेन्द्र चौलागाई, प्रालिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको थियो ।