मेचीनगर ।
झापाको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउँन चासो दिएका छन् । चाडपर्व नजिकिएसँगै राज्यले प्रदान गर्ने लक्षित वर्गको सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गर्ने बैकहरुमा स्थलगत अनुगमन गर्दै सहज रुपमा सेवा प्रदान गर्न निर्देशन गरेका छन् ।
समयमा सेवा प्राप्त गर्न नसक्दा दिनभरी लाइनमा बस्नुपर्ने, कोही कोहीले त २३ दिन नै धाउनुपर्ने समस्या हुन भएको हुँदा नगरप्रमुख बुढाथोकीले समयमा नै सहज रुपमा सेवा प्रदान गर्न बैकहरुलाई सुझाएका छन् ।
मेचीनगर क्षेत्रमा रहेका लावग्राही जेष्ठ नागरिम, एकल महिला, अपाङ्ग र सिमान्तकृत समुदायलगायतले प्राप्त गर्ने तीन महिनाको रकम नगरपालिकाले यसपटक सिधै बैक खातामा पठाएको थियो । जस अन्तर्गत अहिले बैकहरुले पन्ध्र वटै वडाका सामाजिक सुरक्षा प्राप्त गर्ने लावग्राहीलाई धमाधम भत्ता वितरण गरिरहेको छ ।