बिराटनगर।
‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ बाट यस बर्ष प्रहरी सहायक निरीक्षक किरण मगर पुरस्कृत भएका छन् । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने उनलाई ६८ औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका मगरले ताप्लेजुङको कन्चन मनि ट्रान्सफरबाट रकम र गहना चोरी गर्ने गिरोह, धरान आसपासमा श्रृखलाबद्ध लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाएर सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो ।
साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रमप्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरेका थिए ।