बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले विविध कार्यक्रमहरुको आयोजना गरी ‘६८ औं प्रहरी दिवस २०८०’ मनाएका छन् ।  प्रहरी दिवसको अवसरमा बिभिन्न खेलकुद कार्यक्रम, स्वास्थ्य शिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयमा  मंगलबार (आज) आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ट उपरीक्षक राजन अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटालगायतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु र उपस्थित सवैले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा बीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गरेका थिए भने प्रहरी कार्यमा सहयोग गर्ने संघ संस्थालाई कदर–पत्रले सम्मान गरेका थिए।

त्यसैगरी कार्यक्रममा उच्च शिक्षा र एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने पूर्व तथा बहालवाला प्रहरी कर्मचारीहरुका सन्ततीहरुलाई समेत पुरस्कार प्रदान गरेका थिए । प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उत्कृष्ट कार्यालय व्यवस्थापन बिद्यामा पुरस्कृत हुने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई  प्रशंसा पत्रद्धारा  सम्मानित गरिएको थियो । 

कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री कार्की, प्रदेश सरकारका प्रमुख सचिव दिपक काफ्ले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रमुख अतिथि कार्कीलाई टोकन अफ ग्राटिच्यूड प्रदान गरी सम्मान गरिएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोला, थियो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले  उक्त कार्यक्रममा अमर प्रहरी परिवारका जेष्ठ सदस्यले अमर प्रहरी स्मारक पार्कमा बृक्षारोपन समेत गरेका थिए ।