झापा।
नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिन सकिने जनाएको छ।
विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एक÷एक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्।
राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुनेछ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्। काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिनेछ।