बिर्तामोड । 

इलाम–झापा मैत्री समाजले अक्षयकोष निर्माण शुरु गरेको छ । आइतबार बडा दशैँ, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका बिच ‘इलाम–झापा मैत्री समाज अक्षयकोष’ शुभारम्भ गरिएको हो । 

सामाजिक गतिविधी सञ्चालनमा सहजता आउनुका साथै संस्थाको दीगोपनाका लागि कोष स्थापना गरिएको समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन् । कोष शुभारम्भकै दिन ४ लाख ३६ हजार रुपैँयाँ संकलन भएको महासचिव दिनेश भट्टराईले जानकारी दिए । 

सोहि कार्यक्रमको अवसरमा इलाम–झापा मैत्री समाजको टी सर्टसमेत सार्वजनिक गरिएको थियो । मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष श्याम खड्गी, पूर्व महासचिव डम्बरबहादुर बस्नेत, निवर्तमान कोषाध्यक्ष गजेन्द्र पौडेल, इलाम युके समाजका गजेन कटुवाल, समाजसेवी जयनारायण ढुंगाना, भद्रपुर नगर अध्यक्ष नारायण खतिवडा लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा इलाम–झापा मैत्री समाज बुद्धशान्ति अध्यक्ष डिल्ली नेपाल, अर्जुनधारा नगर अध्यक्ष पर्शुराम खरेल, सल्लाहकार जितेन्द्र बस्नेतलगायत उपस्थित थिए । बिर्तामोडको भद्रपुर रोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।

संस्थाका सचिव सागर रिजालले सञ्चालन गरेको कार्यक्रममा उपस्थितलाई बिर्तामोड नगर सचिव मिलन कोइरालाले स्वागत गरेका थिए भने समाजका सदस्य पुष्प खड्काले समाज र यसका गतिविधी समेटिएको डिजिटल प्रस्तुती गरेका थिए ।