हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका भित्र वसोवास गर्ने राजवंशी समुदायले जातीय हकहित, अधिकार, परम्परा, भेषभुषा, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा पर्वद्वन गर्न संगठित भएका छन् ।
राजवंशी समुदायले शुक्रवार हल्दिबारी गाउँकार्यपालिकाको कार्यालयमा राजवंशी जाती उत्थान मञ्च नामक जातिय समाजिक संस्था दर्ता गरेका हुन् ।
२०५० सालमा स्थापित राजवंशीहरुको एकमात्र जातिय संस्था राजवंशी समाज बिकास समितिको हाल चरम रानीतिक, गुटबन्दी र केही ब्याक्तिहरुको ब्यक्तिगत स्वार्थका कारण दुई वटा केन्द्रीय समिति र झापामा केही दिन अगाडि मात्र दुई वटा गुटको छुट्टाछुट्टै भेला गरि नयाँ समिति चयन गरिएको छ ।
रासबिसले यो अवस्थामा अवका दिनहरुमा राजबंशी जातीको हक, हित, अधिकार, वेषभुषा, भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण हुन नसक्ने ठहर गर्दै समग्र हल्दिबारीमा बसोवास गर्ने राजबंशीहरुले मञ्चको गठन गरेर पालिकामा दर्ता गर्दै प्रमाणपत्र समेत लिएको जनाइएको छ ।
मञ्चले जातीको हकहित, सामाजिक अधिकार, वेषभुषा, भाषा, संस्कृति र पहिचानको संरक्षण र पर्वद्वन गर्न संस्था गठन गरि दर्ता गरिएको संस्थाका तदर्थ समितिका अध्यक्ष खकेन राजबंशीले जानकारी दिए । उक्त संस्थाले स्थापनाको अवसरमा आगामी कार्तिक ९ गते पारोखोपी मेलाको दिन बेलुका राजवंशी संस्कृत नाच (पाचालि गान) को आयोजना गरिने संस्थाका सचिव सचिव दिपेश राजवंशीले जानकरी दिएका छन् ।
नव गठित राजबंसी जाती उत्थान मञ्चमा घटिमा २५ देखि बढिमा जति पनि सदस्य हुने र कार्य समितिमा एक महिला उपाध्यक्ष अनिवार्य रहने गरी १५ सदस्य रहने बिधानमा ब्यावस्था गरिएको संस्थाका उपाध्यक्ष बिष्णुकुमार राजवंशीले जानकारी दिए ।