मोरङ ।
जिल्ला प्रहरी कार्यालय मोरङले लुटपाटमा संग्लग्न रहेका दुई जनालाई पक्राउ गरेको छ । असोज २२ गते बिराटनगर–१२ का रविकुमार साह सुडीलाई बिराटनगर–११ मा रोकेर हामी प्रहरी हौ भन्दै नियन्त्रण लिई लुटपाट गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न २ जनालाई असोज २४ गते पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बिराटनगर–१ का ३८ बर्षीय दिपक तामाङ र बिराटनगर४ का सुनिल थापा रहेका छन् । पक्राउ परेका यी दुबै जनाले सुडीलाई घर नजिकैबाट पिछा गरेको र बिराटनगरको रोडसेष चोकमा पुगेपछि मोटरसाईकल रोक्न लगाई हामी प्रहरी हौ भनी बिराटनगरको हनुमान मन्दिर छेउमा लगी लुटपाट गरेको खुल्न आएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ८ लाख ६५ हजार, रोयल ईन्फिल्ड मोटरसाईकल, चेकबुक, एटिएम बुक समेत बराद गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।