कनकाई ।

 झापाको कनकाई नगर संचालनमा आएको कनकाई खबर साप्ताहिक प्रकाशनको छैटौं वर्षमा प्रवेश गरेको छ । कनकाई खबर साप्ताहिकले प्रविधिको विकाससँगै कनकाई खबर डटकम अनलाइन समेत सुरुबाटै संचालनमा ल्याएको छ । 

 कनकाई खबरले साप्ताहिक रुपमा पत्रिका, डिजिटल रुपमा कनकाई खबर डटकम अनलाइन साथै बार्षिक रुपमा कनकाई खबर म्यागेजिनसहित वार्षिक क्यालेण्डर प्रकाशन गर्दै आएको पत्रिकाका सम्पादक÷प्रकाशक रामप्रसाद निरौलाले जानकारी दिए ।

सम्पादक निरौलाले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सहयोगी, शुभेच्छुक एवं  सञ्चार माध्यममा आबद्ध पत्रकार साथै सम्पूर्ण सहयात्रीहरूप्रति विशेष आभार प्रकट गरेका छन् ।