गौरादह ।
नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले निर्वाहमुखी कृषि प्रणालीलाई निर्यातमुखी बनाउन सके मात्र राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउन सकिने बताएका छन् ।
नेपाल बिद्यार्थी संघ गौरादह कृषि क्याम्पस समितिद्वारा बिएसीएजी चौथो बर्षका छात्र(छात्रलाई बिदाई तथा बडा दशैको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव हुमागाईले दक्ष जनशक्तिलाई कृषिमा लगाउन राज्यले नीति नै बनाउनु पर्नेमा जोड दिए ।
गौरादह कृषि क्याम्पसका नेबिसंघ सभापति जीवन न्यौपानेको सभापतित्वम स्थानीय बीपी भवनमा आयोजित कार्यक्रममा नेबिसङ झापा सभापति सन्जय निरौला, गौरादहका पुर्ब मेयर रोहित शाह, क्याम्पस प्रमुख सुबोध खनाल, गौरादह कृषि क्याम्पस प्राध्यापक संघका सभापति सन्तोष खनाल, नेपाली काङ्ग्रेस गौरादहका कार्यबाहक सभापति गोपाल कोइराला, पुर्ब सभापति बाबुराम नेपाल, पुर्ब स्वबियु सभापति महेन्द्र भट्टराई लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम संचालन रेजिना ढुङ्गाना र सशान्क यादबले गरेका थिए ।