भद्रपुर ।

झापाको भद्रपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चन्द्रगढीको आयोजना र भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त व्यवस्थापनमा एकदिने ‘सकारात्मक सोचद्वारा तनावमुक्त जीवनका लागि राजयोगको महत्व’ विषयक प्रवचनात्मक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

विभिन्न क्षेत्रको प्रतिनिधिमूलक सहभागितामा भद्रपुरको सिटी गार्डनमा केन्द्रकी शोभा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक विजयराज सिग्देलले रोजयोगद्वारा तनावमुक्त जीवन जिउने कला र अभ्यासहरुका बारे प्रशिक्षण दिएका थिए । उनले अत्याधुनिक प्रविधिको विकास र आधुनिक जीवनशैलीले मानिस रोबोट जस्तो भइसकेको भन्दै स्वस्थ जीवनका लागि योग र व्यायामको महत्व बढ्दै गएको बताए । उनले ायेगका विधि र प्रक्रियाहरुका बारे जानकारी गराएका थिए ।

केन्द्रकी शान्ति दिदीले स्वागत गरेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रुपमा भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालाले गरेका थिए ।