बिर्तामोड । 

झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा द मोमो फ्याक्टोरी सञ्चालनमा आएको छ । काठमाडौंको बौद्धमा मुख्य कार्यालय रहेको मोमो फ्याक्टोरीको बनेपामा दुई वटा, इटहरी र बिर्तामोडमा गरी पाँचवटा स्थानबाट सेवा लिन सकिने सञ्चालक मध्येका तुलसीप्रसाद उप्रेतीले जानकारी दिए । 

३६ वटा मोमोका परिकार पाइने उक्त मोमो फ्याक्टोरी सञ्चारकर्मी टिकाराम नेती, राज फुयाल, तुलसीप्रसाद उप्रेती, मोहनकुमार श्रेष्ठलगायतले एक करोड बढीको लगानीमा सञ्चालनमा ल्याएको बताइएको छ । 

नेपालमै पहिलो पटक ‘लाइभ किचन’ सहितको मोमो फ्याक्टोरी सञ्चालन गरिएको सञ्चालकहरुको दाबी छ । सवै होटल तथा रेष्टुरेन्टमा पाइने परिकार उक्त मोमो फ्याक्टोरीमा पाइने तर, त्यहाँ पाइने परिकार अन्य स्थानमा नपाइने सञ्चालक तथा बिर्तामोडका मुख्य सेफ मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

mama