काठमाडौं ।
इजरायलमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो
आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारले जनाएको छ । देशभर बिदा दिएको नभएर राष्ट्रिय शोकको घोषणा मात्रै भएको हो । मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
सरकारले मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको छ । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ। यस्तै, इजरायलबाट नेपाल फर्किन चाहनेहरुलाई पनि ल्याउने आवश्यक पहल गर्ने सरकारले निर्णय गरेको छ।


















