झापा ।
झापाको मेचीनगर नगरपालका वडा नम्बर ६ र झापा गाउँपालिका वडा नं. ५ राजवंशी टोलबाट भञ्सार छलेर ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी शरणामतीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको ४० केजी चिनी, ८ लिटर खाने तेल र २५ केजी माछा नियन्त्रणमा लिएको हो ।
उक्त सामान १० हजार ९५० रुपैयाँ बराबरको रहेको र नियन्त्रणपछि चिनी र खाने तेल आवश्यक कार्वाहीको लागि भन्सार बुझाउने तयारी भइरहेको र माछा सोही स्थानका गाउँ समाज बुद्धिजिबि भद्रभलादमी छरछिमेक लगायत जनप्रतिनिधिहरु समेतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलिले मेचीनगर–६ मा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको किराना आईटमको सरसामानहरु २५ हजार ४९५ रुपैयाँ बराबरको सामान वरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार बुझाउन तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।