- रन्जित परियार
अर्जुनधारा ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुले सेवा सुरक्षा तथा वृति बिकासको लागि ऐन जारी हुनुपर्ने माग राख्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार गत असोज १६ गतेबाट हातमा कालोपट्टि बाँधेर कामकाज गर्दै आइरहेका कर्मचारीले थप दवाव मुलक कार्यक्रम अन्तरगत झापाको अर्जुनधारा नगरपालिकाका लगायतका स्थानिय तह कर्मचारीहरुले कार्यालय अनिश्चित कालिन पेन डाउन गरेका हुन् ।
अर्जुनधारा नगरपालिका गेटमा पेन डाउन गरी धर्ना बसेका संघर्ष समिति अर्जुनधारा नगरपालिका उप–संयोजक खगेन्द्र नेम्वाङले स्थानीय तहका सम्पूर्ण तह सम्मका कर्मचारी समेत धर्नामा बसेर कामकाजमा पेन डाउन गरिएको बताए ।
उनले आफुहरुका माग पूरा गराउन सम्पूर्ण राजनीतिक दलहरुसँग सहयोगको अपेक्षा गरिएकोसमेत बताए । कर्मचारीले पेन डाउनका कारण सेवाग्राहिमा पर्न जाने असुविधाप्रति ऐक्यबद्धता जनाउन समेत अनुरोध गरेका छन् ।
नेम्वाङले झापा लगाएतका ७५३ वटै स्थानिय तहका कर्मचारी माग पूरा नभएसम्म धर्ना बसेर कार्यालयमा पेन डाउन गर्ने लगायतको केन्द्रीय कार्यक्रम रहेको समेत स्पष्ट पारे ।
आफुहरु माग पूरा गराउन दवाव मुलक आन्दोलनका लागि देशै भरिका कर्मचारी छिट्टै काठमाडौं जाने तयारी र देशै भरिका कर्मचारी भेला हुने स्थानीय तह अर्जुनधाराका आन्दोलन सम्योजक चिरञ्जीवी खवासले बताएका छन् ।