बिर्तामोड । 

झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृह झापाको ११ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न  भएको छ ।

संस्थाको बिर्तामोडस्थित आफ्नै कार्यालय परिषरमा सम्पन्न कार्यक्रममा संस्थाको बार्षिक गतिविधी समेटिएको प्रतिवेदन सहसचिव जोस्ना श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष स्वस्तिका आचार्यले प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाको विधान संसोधन मस्यौदा समितिले विधान संसोधनका लागि तयार पारेको विधानको मस्यौदा विधान संसोधन समितिका संयोजक तथा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालले प्रस्तुत गरेकी थिइन । 

साधारणसभाले प्रस्तुत संस्थागत, आर्थिक प्रतिवेदन र विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधानकोे मस्यौदा साधारणसभाले पास गरेको कार्यक्रम संयोजक दिपा पोखरेलले जानकारी दिइन । 

संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षता र उपस्थित संस्थापकहरूको सामुहिक आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थापक अध्यक्ष दाहाल, निवर्तमान अध्यक्ष भिमा शिवाकोटी, संस्थापक सदस्यहरू भवानी क्षेत्री, इन्दु पूर्वेलीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन ।