मेचीनगर ।
नेपाल दशनामी समाजले झापाका संस्थापक तथा जेष्ठ नागरिकका रुपमा कुलप्रसाद गिरीलाई सम्मान गरेको छ । नेपाल दशनामी समाज झापाको आयोजना तथा मेचीनगरको सह–आयोजनामा शनिवार झापाको मेचिनगर ८ दुर्गा मन्दिरस्थित गिरीगाउँमा उनलाई सम्मान गरिएको थियोे ।
समाजका जेष्ठ नागरिक कुलप्रसादलाई समाजको मेचीनगर समिति, झापा कार्य समिति, कोशी प्रदेश समिति, ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था र केन्द्रिय समितिले संयुक्त रुपमा सम्मान गरेका थिए ।
समाजका झापा अध्यक्ष केदार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत समाजका मेचीनगर अध्यक्ष भुपेन्द्रकुमार गिरीले गरेको कार्यक्रममा समाजका केन्द्रीय सह–कोषाध्यक्ष गोविन्द गिरी, केन्द्रीय सदस्य एलबहादुर गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी(प्रकाश), पूर्व कोशी प्रदेश अध्यक्ष चन्द्रप्रसाद गिरी, पूर्व झापा अध्यक्ष खिलबहादुर गिरी (राजु) लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
सोही कार्यक्रमकाबिच ॐनम शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोडद्वारा ८० बर्ष नाघेका जेष्ठ दशनामी बन्धु मेचिनगर टोक्लाका रामकुमार गिरीलाई समेत सम्मान गरिएको थियो । उनलाई संस्थाका अध्यक्ष भरतलाल गिरीलगायतले सम्मान गरेका थिए ।
सम्मानीत दुबै जनालाई सम्मान पत्र, दोसल्ला, फुलमालाले सम्मान गर्दै लौरौसमेत उपहार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन समाजका झापाा सह–सचिव हर्कलाल गिरीले गरेका थिए ।