बाहुनी । 

थारु समुदायको पौराणिक ‘जीतिया’ पर्वका अवसरमा मोरङको वेलबारी नगरपालिका वडा नम्बर ७ स्थित बाहुनीमा विविध कार्यक्रम गरिएको छ । थारु महिला वडा सभाको आयोजनामा भएको नगर स्तरीय कार्यक्रममा थारु समुदायका खानाका परिकार, भेषभूषासहित सांस्कृतिक कार्यक्रम भएको छ । 

बेलबारी नगरपालिका मुख्य प्रायोजक रहेको कार्यक्रमको सह–प्रायोजकमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बाहुनी सेवा केन्द्र, लुम्बिनी विकास बैंक बाहुनी र मेरो माइक्रो फाइनान्स बाहुनी रहेका थिए । 

थारु कल्याणकारी समाज बेलबारी–७ का अध्यक्ष नाथुराम थारुको अध्यक्षतामा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्य तथा नगर उप–प्रमुख नितु थापा कोइरालाको बिशिष्ठ आतिथ्य रहेको थियो । स्वागत थारु कल्याणकारी सभाका केन्द्रिष्य पार्षद लक्ष्मीकान्त चौधरीले गरेको कार्यक्रममा अध्यक्ष नाथुराम थारुले पौराणिक जीतिया पर्वको कथा बाचन गरेका थिए । 

कार्यक्रममा थारु कल्याणकारी सभा बेलबारी नगर अध्यक्ष बावुराम चौधरी, बेलबारी वडा नम्बर ७ की वडाध्यक्ष सुनिता चौधरी, वडा सदस्य तीर्था आचार्य, सहारा नेपाल साकोस सलकपुर अनुगमन प्रमुख महेश तामाङ, सहारा नेपाल साकोस बाहुनी सेवाकेन्द्र प्रमुख उमेश भारतीलगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रमको सञ्चालन थारु कल्याणकारी समाज बेलबारी ७ का सचिव नविन चौधरीले गरेका थिए । कार्यक्रममा एकहजारवढीको उपस्थिति रहेको सहारा नेपाल साकोस बाहुनी सेवाकेन्द्र प्रमुख उमेश भारतीले जानकारी दिए ।