बिराटनगर ।
मोरङको बिराटनगर १४ र १५ स्थितबाट भन्सार छलेका सामान प्रहरीले बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा भन्सार छलेर गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा कुर्था सुरुवाल, लेडिज टप्स, जेन्स अण्डरवेयर समेत गरी करिव १ लाख ४ हजार ७ सय ५० रुपैया मुल्य वरावरको सामान बरामद गरेको हो ।
बरामद गरिका उक्त सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य स्थानमा प्रहरीले थप कडाइका साथ चेकजाँच शुरु गरेको छ ।
फाइल तस्वीर