हल्दिबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि अनुदानमा तोरीको बिउ वितरण गर्ने भएको छ । गाउँपालिकाको कार्यालय अन्तरगत कृषि विकास शाखाले बिहीवार एक सूचना जारी गर्दै ७५ प्रतिशत अनुदानमा उन्नत तोरीको बीउ बितरण कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
पालिकाले तोरी बाली लगाउने कृषक, कृषक समुह, कृषि सहकारी संस्था, कृषि फार्म, उद्यमी कृषकहरुबाट दरखास्त आव्हानका लागि सूचना प्रकाशित गरेको छ ।
उक्त सूचना जारी भएको १५ औं दिन भित्र अर्थात कार्तिक २ गतेसम्ममा पालिकाको कृषि विकास शाखामा कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ को अनुसूचि २ (क) मा तोकिएको माग फारम भरी (अनुसूची–३) को ढाँचामा आवश्यक संलग्न कागजातहरुसहित निवेदन दिन पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षरित जारी सूचनामा आग्रह गरिएको छ ।
तोरीको बिउका लागि केके आवश्यक पर्छ विवरणसहित :