सुरुङ्गा । 

कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा निर्वाचित भएका छन् । सोमवार  सम्पन्न निर्वाचनको मंगलबार (आज) अहिले साढे ७ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

थापाले अर्का प्रतिस्पर्धी नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले पराजित गरेका हुन् । शेयरबहादुर थापाले ५२३ मत प्राप्त गर्दा उनका निकत्तम प्रतिद्धन्द्धी नरेन्द्रप्रसाद फुयालले ३७६ मत मात्रै ल्याएका थिए । त्यसैगरि महासचिवमा समेत शेरबहादुर थापा नेतृत्वकै दिनानाथ खतिवडा बिजयी भएका छन्।

खतिवडाले ४३५ मत ल्याएर निर्वाचित हुँदा उनका निकत्तम प्रतिद्धन्द्धी दलका तर्फबाट उम्मेद्धारी दिएका कृष्णप्रसाद घिमिरेलले ४२२ मत ल्याएका छन् ।  बाँकी सबै पदाधिकारीमा दलका तर्फबाट उम्मेद्धारी दिएका उम्मेद्धारहरु बिजयी भएका छन् । सदस्यहरुको भने मतगणना जारी रहेको छ ।

पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा दलका तर्फबाट उम्मेद्धारी दिएका निर्मल खतिवडाले ४८२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी शेरबहादुर प्यालनका डिल्लीराम बाह्रकोटीले ३८९मत ल्याएका छन् । त्यस्तै धार्मिक उपाध्यक्षमा दलका तर्फबाट उम्मेद्धारी दिएका प्रकाश थापा ४८१ मतका ल्याएर बिजयी हुँदा  प्रतिद्धन्द्धी स्वतन्त्रका चन्द्र भेटवालले ३७६ मत ल्याएका छन् ।

पर्यटन उपाध्यक्षमा दलकै तर्फबाट उम्मेद्धारी दिकी अम्बिका खरेलले ४९४ मतका साथमा बिजयी हुँदा उनका प्रतिद्धन्द्धी स्वतन्त्रका रामप्रसाद अधिकारीले ३६७ मत ल्याए। सचिवमा समेत दलका तर्फबाट उम्मेद्धारी दिएका यामनाथ खतिवडा ४७९ मतका साथमा निर्वाचित हुँदा उनका प्रतिद्धन्द्धी स्वतन्त्रका युवराज पौडेलले ३३३ मत र अर्का स्वतन्त्र उम्मेद्धार अर्जुनकुमार बस्नेतले ५३ मत ल्याएका छन् ।

कोषाध्यक्षमा समेत दलका तर्फबाट उम्मेद्धार दिएका मानबहादुर पौडेलले ४८९ मत ल्याएर बिजयी हुदा उनका प्रतिद्धन्द्धी थापा प्यानलका तर्फबाट उम्मेद्धारी दिएका अम्बिका चापागाईले ३२० मत मात्रै ल्याएका छन् । कुल ११२८ मतमा ९२६ मत खसेको निर्वाचन आयुक्त हरिप्रसाद तिम्सिनाले जानकारी दिए । 

कोटीहोम धार्मिक विकास सस्थाको निर्वाचनमा यहाँका एमाले, कांग्रेस, माओवादी, राप्रपा, नेकपा एस लगायातका सबै दलहरु एकातिर र शेरबहादुर थापाको स्वतन्त्र समुह अर्कातिर चुनावी प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।