• नेत्रबिक्रम बिमली

बनियानी। 

झापाको कचनकवल गाउँपालिकामा किसानहरुले लगाएको करिब ८ हजार कोलाका बोटहरु आइतबार बिहान आएको हावाहुरीका कारण नष्ट भएको छ ।

कचनकवल गाउँ कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार २३ किसान परिवारले लगाएको ५० देखी ६० प्रतिशत कोलाका बोटहरु हावाहुरीका कारण नष्ट भएको स्थलगत रिपोटबाट देखिएको छ । 

उनका अनुसार किसानले आउँदैगरेको चाडबाडलाई लक्षित गरेर लगाएको कोला पुर्ण रुपले क्षति भएको छ । कचनकवल गाउँपालिका वडा नं. ४ का मनोज कुमार गणेशका अनुसार उनको बगानमा लगाइएको १५ सय कोलाका बोटहरु बाट आम्दानी हुने बेलामा नोक्सानी पुगेको छ ।

उनी जस्तै सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश र सतलाल गणेश लगायत २३ किसान परिवारले सहकारी तथा बैङ्कको ऋणमा लगाएको कोला क्षती हुँदा उनिहरु घरको न घाटको भएको बताउँछन । अहिलेको अवस्थामा उनिहरुको लागत खर्चमात्रै दुइ सय पचास पुगिसकेको छ भने प्रति केराका घरि ४०० देखी ५०० सम्ममा बिक्रि हुदै आएको उनीहरु बताउँछन ।

किसानहरुका अनुसार करिब ४० लाखको नोक्सानी भएको र स्थानिय सरकार तथा केन्द्र सरकाबाट उनीहरुले राहतको अपेक्षा समेत गरेका छन्। कृषकहरुलाई कृषि बिमा सम्वन्धि जानकारी नहुदा ठुलो नोक्सानी बेहोर्नु परेको छ ।