झापा ।
झापामा भारतबाट भञ्सार छलेर नेपाल ल्याउँदै गरेको ४ लाखवढी रुपैयाँको सामान प्रहरीले नियन्त्रण गरेको छ ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर १५ बिचार्ने चोकमा ईलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलिले भारतबाट नेपालतर्फ भन्सार छलेर लुकाई छिपाई ल्याउदै ४ लाख ५ हजार २७ रुपैयाँ बराबरको सामाग्री नियन्त्रणमा लिएर भञ्सारमा बुझाएको हो ।
प्रहरीले विभिन्न किसिमका कस्मेटिक सामानहरु सोमवार नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।