झापा । 

सभामुख देवराज घिमिरेले आइतवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई झापाका विभिन्न भूमि समस्या समाधान गर्न आग्रह गरेका छन् । सभामुख घिमिरेले उठाएका धेरै विषयमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएकी छिन् । 

भेटमा झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं ८ स्थित गरामुनी बजारमा विगत ६२ वर्ष देखि वसोवास गर्दै आएका २८ घरधुरीको धनीपुर्जा प्राप्त भएपनि हालसम्म मोठ कायम नभएको हुनाले नापी विभाग भूमि व्यवस्था विभागसँग आवश्यक छलफल गरि मन्त्रालय स्तरबाट गर्न सक्ने भए गर्ने नत्र मन्त्रिपरिषदमा विषय लगेर भएपनि तत्काल समस्या समाधान गर्ने, देशै भरीका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गा दिदा तिर्नुपर्ने राजश्व घटाउनका लागि मन्त्रालयले आवश्यक तयारी गरी सकेकोले चाँडै नै मन्त्रि परिषदमा लैजाने, वन ऐन र भूमि सम्वन्धी ऐन विच वाझिएका विषयलाई समाधान गर्न र सच्याउन वन मन्त्रालय तथा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबीच आवश्यक समन्वय गरी ऐन संशोधनको पहल गर्ने छन् । 

त्यस्तै अर्जुनधारा तथा कनकाई नगरपालिका भित्र २०२१ सालको नापीमा खोला भएको ठाउँमा वस्ती बसेको र खोलाचाहि निजी जग्गाबाट कुदेको हुनाले ती अव्यवस्थित वसोवासीलाई धनीपुर्जा दिन नसकिएको हुनाले त्यसलाई आवश्यक नीति बनाई धनीपुर्जा दिन सक्ने गरी मन्त्रालयको तर्फबाट आवश्यक कदम चाल्ने, अर्जुनधारा नगरपालिका वडा नं १ को खारभित्ता क्षेत्रमा ३०० भन्दा वढी घरधुरीहरु बसोवास गर्दै आएको क्षेत्रमा नेपाली सेनाको तालिम केन्द्रको क्षेत्र समेत भएको र नेपाली सेनाले उक्त क्षेत्र खाली गर्न पत्राचार समेत गरेको तर उक्त क्षेत्रमा विगत ६० वर्षदेखि बसोवास गरिरहेका घरधुरीहरुले छोड्न सक्ने अवस्था नरहेकोले त्यसको समाधानका लागि रक्षा मन्त्रालयसँग समेत समन्वय गरी भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कदम चाल्ने र तीन वर्षदेखि रेलवे परियोजनाका नाममा जग्गा रोक्का गरेका जग्गा धनीको समस्या समाधान गर्न भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा आवश्यक गृहकार्य गर्ने सभामुख घिमिरे र मन्त्री श्रेष्ठबिच छलफल तथा निष्कर्या निकालिएको छ ।