कनकाई ।

झापाको कनकाई नगरपालिकाले ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमनाएको छ । कनकाई नगरपालिकाको आयोजना, नगर महिला तथा बालबालिका शाखाको  संयोजन तथा जेष्ठ नागरिक संघको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको हो ।  पुस्तौ पुस्तासम्म ज्येष्ठ नागरिकका लागि मानवअधिकार बारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित नगरपालिका दिवस मनाइएको हो ।

ज्येष्ठ नागरिक नगर अध्यक्ष शम्भुप्रसाद पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा न ५ का अध्यक्ष कृष्णबहादुर राईले जेष्ठ नागरिकको सम्मान नै सबैको तीर्थवर्त रहेकोे भन्दै जेष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम गरिरहनु पर्ने आवश्यकता औल्याएका छन् । 

कार्यक्रममा वडा न २ का अध्यक्ष बलराम राई (प्रताप ) वडा न ४ का अध्यक्ष  रोषन सुवेदी, वडा न ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपलिका सदस्य, वडा सदस्य हरिकुमार राई, निर्मला खड्का, दलबहादुर थापा, संगीता ल्वागुन, शिक्षा शाखा प्रमुख पिताम्वर गौतम, हरिप्रसाद मिश्र, योजना शाखा प्रमुख जमुना कटुवाल, कर्मचारी विजय पाठक लगायतको उपस्थिति रहेकोे थियो ।

सामाजिक विकास शाखा प्रमुख हरिप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गरेकी थिइन् ।