झापा । 

नेकपा एमाले कोशी प्रदेशको आइतवार (आज) अधिवेशन हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन् ।

उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् । उनी यसअघि पनि प्रदेश कमिटी उपाध्यक्ष नै थिए । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुनेछ ।

सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उप–सचिव हुन् भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

दुई  उप–सचिवका लागि भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीको उम्मेदवारी दिएका छन् ।