हल्दिबारी ।
नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अन्तरगत जारी ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ अभियान सफल बनाउन हल्दिबारी–१ मा नौ सदस्यीय कमिटी गठन गरेको छ ।
सहिद परिवारका तुलाराम न्यौपानेको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य तथा हल्दिबारी गाउँपालिका कमाण्ड प्रमुख ममता ताजपुरियाको प्रमुख आतिथ्यमा शनिबार भएको भेलाले अभिनारायण नेपालको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको सचिवमा धनकुमार फागो रहेको जनाइएको छ । कार्यक्रममा पार्टीका अनुशासन बिभागका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, संविधानसभा सदस्य तथा पार्टीका झापा सचिव मोहन टुडु (सरोज) लगायतको उपस्थिति रहेको थियो ।
नयाँ निर्माण कमिटीले माओवादीले सञ्चालन गरेको तीन महिने अभियान अन्तरगत सांगठानिक संरचना तथा सृद्धिकरण गर्ने जनाइएको छ । त्यसैगरी नयाँ गठित कमिटीले जनताका घरदैलोमा गएर उनीहरुको समस्या र सहयोग गर्नेछ ।