झापा ।
झापा भद्रपुर नगरपालिका वडा नम्बर ५ मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित एक जना महिला पक्राउ परेकी छिन् । भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री भारत पश्चिम बंगाल राज्य जिल्ला उत्तर दिनजपुर दलखोला शिखरपुर घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं.६ महानन्दचोकमा डेरा गरी बस्ने २८ बर्षिय सन्जरी खातुनलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।
खातुनलाई प्रहरी बिट मेचिपुल र सशस्त्र प्रहरी बल बिओपी भद्रपुर को संयुक्त प्रहरी टोलीले रोकी चेकजाँच गर्दा ब्राउन सुगर ६ ग्राम ४०० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ ।
चेकजाँच गर्दा खातुनको साथबाट ब्राउन सुगर फेला परेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।